NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पारु - १

कार्यालयको परिचय

सिरहा भन्सार कार्यालय माडर सिरहाको स्थापना वि.सं. 2013 सालमा भएको हो । हाल यो कार्यालय सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं. 17 मा अवस्थित छ ।यस भन्सार कार्यालयबाट भन्सार महसुल, मुल्य अभिबृद्धि कर, अन्त शुल्क, स्वास्थ जोखिम कर, अग्रिम आय कर, सडक निर्माण दस्तुर, लगायतका शिर्षकहरूवाट राजस्व असुली हुने गरेको छ ।

सिराहा भन्सार कार्यालयले भारत तथा अन्य मुलुकबाट सिरहा जिल्ला हुँदै आयात/निर्यात हुने वस्तु तथा सामानहरूमा प्रचलित ऐन, नियमावली, नीति नियम तथा निर्देशिकाको अधिनमा रही भन्सार महशुल, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा अन्य करहरू संकलन गर्ने गर्दछ। व्यापार सहजीकरणमा सुधारका लागि सिफारिस तथा नेपाल सरकारका नीति निर्देशिका अनुरूपका असल अभ्यासहरूलाई अपनाउन सिराहा भन्सार कार्यालय निरन्तर प्रयत्नशील रहेको छ। अन्तर्राष्ट्रिय व्यापार, प्रविधिको विकास, राष्ट्रिय आवश्यकता तथा खुला र उदार अर्थतन्त्रको सम्बन्धमा बोधित हुँदै प्रशासनलाई दक्ष, सेवामुखी र पारदर्शी बनाउन सिराहा भन्सार कार्यालय प्रतिबद्ध रहेको छ। हामी देशको आर्थिक प्रबन्ध तथा विकासका लागि आन्तरिक स्रोत परिचालनमा भन्सार प्रशासनको उत्तरदायित्व महसुस गरी सामाजिक सुधारमा समेत प्रतिबद्ध छौं।